रोटा भाइरस र पोलियो विरुद्ध खोप २०१८ मा आउने

काठमाडौं,मंसिर,२८-

झाडापखाला विरुद्धको रोटा भाइरस र पोलियो विरुद्धको एफ आई पी भी खोप सन् २०१८ मा मात्र नेपाल ल्याईने भएको छ । नेपालको स्वास्थ्य क्षेत्रमा हालसम्म प्रयोगमा नआएको रोटा भाइरस र एफ आई पी भी खोप यही मंसिरसम्ममा प्रयोगमा ल्याउने तयारी सरकारले गरेपनि प्रक्रियागत ढिलाईंका कारण पछि धकेलिएको हो ।

हाल ग्लोबल एलाइन्स फर भ्याक्सिन एण्ड एमिनाइजेसन गाभी लाई प्रपोजल बुझाउने तथा अन्य आन्तरिक व्यवस्थापन भइरहेको बाल स्वास्थ्य महाशाखा अन्तर्गतको खोप शाखाले जनाएको छ ।

सरकारले गाभी को सहयोगमा दुवै खोप नेपालमा प्रयोगमा ल्याउने तयारी गरेको हो । गाभीको अन्तिम निर्णय कुर्नुपर्ने भएकाले खोप भित्र्याउन केही समय लाग्ने शाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत राजेन्द्रप्रसाद घिमिरेले बताउनुभयो । आजको कान्तिपुरमा खबर छ ।