एमसीसी व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्ने गठबन्धनको निर्णय,

फुट्को सँघारमा रहेको सत्ता गठबन्धन जोगीयो

काठमाडौं,फागुन,१५-एमसीसीका कारण फुट्को सँघारमा पुगिसकेको सत्ता गठबन्धन एमसीसीकै कारण जोगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतबार बसेको सत्ता गठबन्धका शीर्ष नेताहरूको बैठकले एमसीसी सम्झौतालाई व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्ने निर्णय गरेको हो ।

सो निर्णयसँगै अब सत्ता गठबन्धन फुट्को सँघारबाट जोगिएको छ । सत्ता गठबन्धन अब आगामी निर्वाचनसम्म रहिरहने देखिन्छ । केही महिना अघिदेखि एमसीसीका कारण सत्ता गठबन्धन संकटमा पर्दै आएकोथियो ।

तर,यो संकट आज आइतबार बसेको सत्ता गठबन्धनको बैठकले एमसीसीलाई व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्ने निर्णय भएसँगै अन्त्य भएकोछ ।