राप्रपा प्रजातान्त्रिकबाट ३ मन्त्री र १ राज्यमन्त्रीले सपथ लिदै

देउवा मन्त्रीपरिषदमा ५४ सदस्यीय पुग्यो

काठमाडौं,भदौं,२६-

 प्रधानमन्त्री देउवाले पाँचौ पटक विस्तार गरेको मन्त्रीमण्डलमा परेका मन्त्रीहरुले आज सपथ लिदैछन । मन्त्रीमण्डलमा राप्रपा प्रजातान्त्रिकवाट ३ मन्त्री तथा १ राज्यमन्त्री सहभागी भएपछि उनिहरको सपथ आज हुन लागेको हो ।

राप्रपावाट दीपक वोहोरा, विक्रम पाण्डे र शुनिल थापा मन्त्री वन्नुभएको छ भने रेशम लामा राज्यमन्त्री बन्नुभएको छ । मन्त्रीहरुले आज विहान ११ वजे राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सपथ लिने तथा राज्यमन्त्रीले पनि आजै प्रधानमन्त्री देउवा समक्ष सपथ लिने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनकै मुखमा मन्त्रिपरिषदको विस्तार गर्नुभएको छ । उनले ५० जनाको मन्त्रिपरिषद्लाई बढाएर हिजो ५४ सदस्यीय वनाउनु भएको हो । देउवाले २०५२ सालमा आफैंले बनाएको ४८ सदस्यीय ‘जम्बो मन्त्रिपरिषद्’ को रेकर्डलाई आफैंले तोडनु भएको छ ।

थपिएका मन्त्रीहरुमा दीपक बोहरालाई विज्ञान तथा प्रविधि, सुनील थापालाई उद्योग र विक्रम पाण्डेलाई वनमन्त्रीको जिम्मेवारी तोकिएको छ भने रेशम लामालाई उद्योग राज्यमन्त्री बनाइएको छ । यो विस्तारसँगै देउवा मन्त्रिपरिषद्मा मन्त्री ३० र राज्यमन्त्री २३ पुगेका छन् ।