हत्या आरोपमा ओखलढुंगामा तिन जना युवा पक्राउ

सिर्जना बर्देवा/
ओखलढुंगा,भाद्र २५-
रहस्यमय घटनाका रुपमा लिइएको ओखलढुंगाको एक घटनाका तीन जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । कटारी नगरपालीका उदयपुरका भएका ६२ वर्षिय रामबहादुर बुढाथोकीको हत्या आरोपमा सुनकोशी गाउँपालीका ५ मूलखर्कका १९ वर्षका धीरेन तामाङ, २१ वर्षिय रुपलाल तामाङ र १८ वर्षका दिपक तामाङलाई पक्राउ गरीएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अर्जुन प्रसाद तिमिल्सीनाले जानकारी दिनुभया ।

२०७४ वैशाख २५ गते सुनकोशी गाउँपालिका ५ मुलखर्कदेखि सिस्नेरी तर्फ जाने बान्द्रे भीरमा बुढाथोकीको शव फेला परेको थियो । सो घटनामा संलग्न भएको आरोपमा उनिहरु पक्राउ परेका हुन् । मृतक बुढाथोकीका आफन्तले भीरबाट लडेको नभएर हत्यागरी भिरबाट फालेको आशंकामा किटानी जाहेरी दिएका थिए ।

पिडित पक्षले जिल्ला अदालतको अन्तिम फैसला नआई उच्च अदालतमा पुनरावेदन गरेका थिए । उच्च अदालतले यही भदौ ८ गते पुर्पक्षका लागि पुनः पक्राउ गर्न प्रहरीलाई आदेश दिएको थियो ।

सोही आदेशको आधारमा प्रहरीले अभियुक्तलाई पक्राउ गरेको हो । उनीहरुलाई उच्च अदालतमा म्याद थपका लागि बुझाएको जिल्ला प्रहरी प्रमुख डिएसपी अर्जुन प्रसाद तिमिल्सिनाले बताउनुभयो ।आफन्तको बिहेमा सिस्नेरी जन्ती आएका मृतक बुढाथोकी फेदिगुठमा बहिनीलाई भेटेर फर्किने क्रममा मुलखर्कमा घटना घटेको प्रहरीले जनाएको छ ।

अभियुक्तहरुले मृतक बुढाथोकीले एक स्थानीय महिलालाई जर्बजस्ती हातपात गर्न खोजेको र उनीहरुले देखेपछि भाग्ने क्रममा आफै भिरबाट लडेर मृत्यु भएको बयान दिदै आएका छन् । तर उनको लडेर मृत्यु भएपनि तत्काल प्रहरीलाई सूचना नदिएको र चोटको प्रकृती हेर्दा हत्याको आशंकामा पीडित पक्षले जाहेरी दिएका हुन् ।