आजको राशिफल ।। भाद्र १३ गते सोमवार ।।

काठमाडौं,भाद्र,१२-आज विक्रम संवत २०७९ साल भाद्र महिनाको १३ गते सोमवार, (अगष्ट २९ तारिख) भाद्र शुक्ल द्धितिया तिथी !आज दर खाने दिन !! आजै विश्व आणविक परिक्षण विरुद्धको दिवश पनि रहेको छ ।

आज भाद्र १३ गते सोमवारको राशीफल !!

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । अधुरो काम पूरा हुन पनि सक्छ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन स्वादिष्ट भोजन पाइनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेममा मधुरता छाउनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिन माध्यम नै रहनेछ । स्थान परिवर्तनका विशेष योग देखिन्छन् । वैदेशिक कार्यमा सफलता पाइएला । साँझमा पैसा खर्च पनि हुन सक्छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिव कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ, तर पुँजी बजारमा लगानी नगर्दा बेस हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । चिताएको कामले तीव्रता पनि लिनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको दिन मनमा दुबिधा उत्पन्न हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्य प्रति सजगता अपनाउन जरूरी देखिन्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिन धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । बोलीको भरमा सङ्कल्प सिद्ध हुनसक्छ । शुभ समाचार सुन्नमा आउला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आजको दिन पुनर्मिलनको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । धार्मिक यात्राको योग छ, तर दिनको उत्तरार्धमा धन खर्च हुनसक्छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन कार्यमा अवरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला । दिनको उत्तरार्धमा बढी धन खर्च हुन सक्छ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मीन राशि हुनेहरुका लागि आजको दिन धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । धर्मकर्ममा मन लाग्नेछ । शुभ समाचार सुन्न पाइएला ।

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिईएको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।साभार हाम्रो पात्रो-ज्यो.प. नारायणप्रसाद दुलाल