राष्ट्रिय महिला फुटबल लिगमा:पुलिस र चन्द्रपुर भिड्दै

फाईल तस्विर : अखिल नेपाल फुटबल संगको फेसबुकबाट साभार !!

एजेन्सी,माघ,३०-राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा आज एक खेल हुँदैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा नेपाल पुलिस क्लब र चद्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।विभागीय टिम पुलिस र रौतहटको चन्द्रपुरबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ ।

चन्द्रपुरविरुद्ध मैदान उत्रदा पुलिस सहज जितको खोजीमा हुनेछ ।पुलिस चन्द्रपुरलाई हराउँदै तेस्रो स्थानको वालिङसँग अंक बराबरी गर्न चाहन्छ ।

पुलिस ८ खेलमा ११ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।चन्द्रपुर पनि पुलिसलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।चन्द्रपुर ६ अंक जोडेको छैटौं स्थानमा रहेको छ ।

लिगमा अपराजित एपीएफ २४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।आर्मी २२ अंक जोडेर दोस्रो र १४ अंक जोडेको वालिङ तेस्रो स्थानमा रहेको छ ।