खजुरा नगर विकास समितिमा रेग्मी अध्यक्षमा मनोनयन

मधुपौडेल
बाँके,फागुन २५-
खजुरा नगर विकास समितिमा कमल राज रेग्मी अध्यक्षमा मनोनयन हुनु भएको छ ।नेपाल सरकार को यही चैत्र १७ गते को निर्णयानुसार रेग्मीको नेतृत्वमा नगर विकास समितिले पुर्णता पाएको हो । उक्त समितिको सदस्यमा कृष्णा बहादुर विक , इन्दिरा खड्का , युवराज पौडेल ,कृष्ण बहादुर गौतम , क्रृषि केश जिसी रहनु भएको छ भने अन्य सदस्यहरुमा सरकारी कार्यलयबाकेका प्रमुख वा निजले तोकेका प्रतिनिध रहने व्यवस्था छ ।

रेग्मीका अनुसार नगर विकास समिती केही वर्ष आगाडी निर्माण भएता पनि क्रियाशिल हुन नसकीरहेको अवस्थामा अहिलेको समितीमा धेरै सदस्य साथीहरु युवा भएको र केही गरौ भन्ने लक्ष्यका साथ अगाडि आएको बताउनु भयो । रेग्मीले आफु अध्यक्ष हुदै गर्दा दुई वटा योजना पार्नका लागि पेश गरी सकेको बताउनु भएको छ ।

खजुरा नगर विकास समितिमा रेग्मी अध्यक्षमा मनोनयनयोजनामा खजुरा विकास समितिको भवन निर्माण र गोलपार्क निर्माणको लागि भएको रेग्मीले बताउनु भयो । रेग्मीले खजुरा मा अन्य क्षेत्रको जस्तो विकास निर्माणका लागि योजना भए पनि जग्गाको अभाव भएको बताउनु भयो । खजुरा नगर विकासको क्षेत्राधिकारको कुरा गर्दा पश्चिममा सोनपुर ,ओडरापुर का ३ र ४ , उत्तरमा बनबटुवा  र रनियापुरका सिमा , दक्षिणमा सितापुर गाविसका सिमाना तथा पुर्वमा खजुरा खुर्द सम्म रहने छ ।