स्प्रिरिङडेल एकेडमी स्कुलको अभिभावक भेला सम्पन्न

बाँके,फागुन २५ –
स्प्रिरिङडेल एकेडमी स्कुल काँरकादोले आज अभिभावक भेला सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन कट्टेलको अध्यक्षतामा बसेको भेलामा विद्यालयको आगामी शैक्षीक कार्ययोजना तथा शुल्क निर्धारण विद्यालयका भावि कार्ययोजना लगायतका बारेमा छलफल भएको थियो । व्यवस्थापन समितीका संचालक सदस्य हिक्मत रावलले आगामी शैक्षक कार्ययोजना तथा शुल्क निर्धारणको प्रस्ट पार्नु भएको थियो ।

यस्तै अभिभावकबाट राय सुझाव संकलन गर्दै विद्यालय व्यवस्थापन समितिका अभिभावक धन माया (रिचा लुईटेल) र केशवराज ज्ञवालीलाई विद्यालय व्यवस्थापन समिति सदस्यमा चयन गरिएको थियो ।

यसैगरि विद्यालयको समग्रह गतीविधीकाको बारेमा विद्यालयका प्राचार्य सरतचन्द्र रावलले जानकारी दिदै शिक्षाको गुणस्तरमा सधैं सजग रहेको बताउनु भएको थियो । उहाँले शिक्षा क्षेत्रमा लामो समय काम गर्दै आएको अनुभव शिक्षकद्धारा पठनपाठन गराउने भएको हुनाले शिक्षामा गुणस्तरण कायम गदै लैजाने बताउनुभयो ।