अपडेट : कैलालीको चुरे गाउपालिकामा भएको बस दुर्घट्नामा ३ महिलाको मृत्यु ३३ जना घाइते

गोपाल जंग थापा/
टीकापुर,कार्त्तीक,२६-

वैतडीको मेलौलीबाट कञ्चनपुरको महेन्द्रनगर तर्फ आउदै गरेको पवनदुत यातायातको ना ७ ख २७२३ नम्बरको बस कैलालीको चुरे गाउपालिका वडा नम्बर ३ धपेनीमा दुर्घट्नाग्रस्त हुदा ३ महिलाको ज्यान गएको छ भने अन्य ३३ जना घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार उक्त दुर्घट्नाग्रस्त परी वैतडीको शिवनाथ गाउपालिका वडा नम्बर ६ बस्ने ६५ वर्षकी झुण्डीदेवी चन्द, वैतडीको पञ्चेश्वर गाउपालिका वडा नम्बर ४ बस्ने २३ वर्षिया कविता तिवारी र वैतडीको पाटन नगरपालिका वडा नम्बर ५ बस्ने १९ वर्षिया रेवती भाटको ज्यान गएको हो ।

दुर्घट्नाग्रस्त परी गम्भीर घाइते भएकी झुण्डीदेवी, कविता र रेवतीलाई उपचारका लागि कैलालीतर्फ ल्याउदै गर्दा उनीहरुको बीच बाटोमै ज्यान गएको हो । मृतक तीनै जनाको शव यतिखेर धनगढीमा रहेको सेती अञ्चल अस्पतालको शव गृहमी राखिएको छ ।

अन्य ३३ जना घाइते मध्ये २ जना गम्भीर घाइतेलाई थप उपचारका लागि भारतको हल्दानी रेफर गरिएको छ भने मध्यम घाइते ३१ जनाको अत्तरियामा रहेको पद्ममा अस्पतालमा उपचार भइरहेको छ ।

आज बिहान करिब साढे ४ बजेतिर भएको उक्त सडक दुर्घट्नाग्रस्तका क्रममा बस सडकबाट झण्डै ७० मिटर तल खोलामा खसेको छ । दुर्घट्नाग्रस्तको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।