ब्रेकिङ न्यूज : कैलालीको सहजपुरमा बस दुर्घट्नाग्रस्त

२७ जना घाइते ३ जनाको अवस्था चिन्ताजनक

गोपाल जंग थापा /

टीकापुर, कात्तीक,२६-

वैतडीको मेलौलीबाट कञ्चनपुरको महेन्द्रनगर तर्फ आउदै गरेको पवनदुत यातायातको ना ७ ख २७२३ नम्बरको बस कैलालीको चुरे गाउपालिका वडा नम्बर ३ सहजपुर स्थित धबरेनीमा दुर्घट्नाग्रस्त हुदा अहिले सम्म २७ जना घाइतेको उद्धार गरिएको छ ।

अस्थायी ट्राफिक प्रहरी पोस्ट फल्टुडे कैलालीका प्रहरी हवल्दार वीर सिंह धामीले दिएको जानकारी अनुसार घाइते मध्ये ३ जनाको अवस्था चिन्ताजनक रहेको छ भने उनीहरु बोल्नै नसक्ने अवस्थामा रहेका छन ।

सो दुर्घट्नामा परी अन्य ७ जना गम्भीर घाइते छन भने घाइतेहरुलाई उपचारका विभिन्न अस्पतालमा पठाउने कार्य जारी रहेको छ । जसमध्ये घाइते ५ जनालाई बस मार्फत कैलालीको अत्तरियामा रहेको पद्मा अस्पतालमा ल्याउदै गरिएको छ ।

गम्भीर घाइतेहरुलार्र्ई पनि एम्बुलेन्स मार्फत उपचारका लागि पठाउने तयारी भइरहेको छ । आज बिहान करिब साढे ४ बजेतिर भएको उक्त दुर्घट्नास्थालमा अहिले प्रहरी टोलीले उद्धार कार्य जारी राखेको छ ।

दुर्घट्ना के कति कारणले भयो भन्ने बारेमा भने कहि पनि खुल्न सकेको छैन । बस सडकबाट झण्डै ७० मिटर तल खोलामा खसेको छ । दुर्घट्नाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको सनाखत गर्ने काम जारी छ ।