नेपाल विद्यार्थि संघ सल्यान बाँकेको नया कार्य समीति गठन

डम्मर थापा मगर/

बाँके, कार्त्तीक, २५-

गोविन्द केसीको अध्यक्षतामा आज नेपालगन्जमा नेपाल विद्यार्थि संघ सल्यान बाँकेको सम्पर्क समीतिको १७ सदस्यीय नया कार्य समीति गठन गरीएको छ । उपाध्यक्षमा द्धय तेजपाल केसी र अजीत रोकायलाई चयन गरीएको छ । त्यस्तै, सचिवमा मीना डांगी, सहसचिवमा कमल खत्रि, कोषाध्यक्षमा चेता खत्रिलाई चयन गरीएको छ ।

उक्त कार्यक्रममा आउदो मङ्सिर १० र २१ गते हुन गैरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचनमा नेपाली काग्रेसका उम्मेदवारहरुलाइ कसरी बिजय गराउन सकिन्छ र सल्ल्यान जिल्ला घर भई अध्यनको शिलशिलामा नेपालगन्जमा आएका र नेपाली काङ्रेस प्रती आस्थावान सम्पूर्ण बिधार्थीहरुलाई चुनाब स्थान सम्म कसरि पुराउन सकिन्छ भन्ने बारेमा पनि छलफल गरिएको थियो ।

जनक चन्दको सभापतित्वमा सुरु भएको उक्त कार्यक्रममा प्रमुख अथितिमा ने,बि,सघ केन्द्रिय सहमहामन्त्री इश्वर बिष्ट रहनु भएको थियो । त्यसैगरी बिशिष्ट अथितिमा नेपाली काग्रेस जिल्ला कार्यसमितिका सदस्य एबम पूर्वजिल्ला बिकाश समितिका सदस्य मान बहादुर बुढा थोकी रहनु भयको थियो भने स्वागत मन्तब्य पन्कज ओलिले दिनु भयको थियो ।