डा.सन्दुक रुइतले राज्यसँग गरेको दुई अपेक्षा सरकारले चाँडै सम्बोधन गर्ने

फाईल तस्विर !!

काठमाडौं,माघ,५-वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतले प्रतिष्ठित इसा अवार्ड पाउनु भएकोमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) ले बधाई दिनु भएको छ। 

उहाँले आफ्नो अफिसियल फेसबुक मार्फत बधाई दिदै वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतले गर्नु भएको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय रहेको बताउनु भएको छ। 

साथै प्रधानमन्त्री प्रचण्डले डा.सन्दुक रुईतले राज्य संग गर्नु भएको अपेक्षालाई गम्भीरतापूर्वक लिएको र चाडैं सम्बोधन गर्ने बताउनु भएको छ। 

तस्विर : स्क्रिन सर्ट प्रधानमन्त्री प्रचण्डको अफिशियल फ़ेसबुक पेजबाट  !!

यसअघी डा.सन्दुक रुईतले ईसा अवार्ड पाएपछि बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अवार्डले अन्धोपन हटाउन नेपालीहरुले खेलेको भूमिकालाई स्थापित गरेको बताउनु भएको थियो।उहाँले “भन्नुभयो”,‘अन्तर्राष्ट्रियस्तरमा नेपालको आत्मसमान र प्रतिष्ठा, जुन अहिले गिर्दो अवस्थामा छ, त्यसलाई धेरै ठूलो लिफ्ट दिएको  बताउनु भएको थियो।

डा.रुइतले भन्नुभयो अवार्ड पाएपछि कसलाई भनौं, कसलाई भनौं जस्तो भएको भन्दै सुनाउनु भएको थियो।३५ वर्षदेखि नेत्र चिकित्सा क्षेत्रमा रहनु भएका उहाँले यसलाई आफ्नो जीवनको कमाइ मानेको बताउदै राज्यसंग दुई अपेक्षा रहेको सुनाउनु भएको थियो।

[ डा.सन्दुक रुईतले राख्नु भएको दुई अपेक्षा यस्तो छ ]

१.आँखाको लेन्स उत्पादन उद्योग खोल्न आर्थिक सहयोग।

डा. रुइतले विकास गर्नु भएको लेन्स अहिले वर्षमा करिव ३ लाख वटा उत्पादन हुन्छ।यो लेन्स अन्तर्राष्ट्रिय स्तरको र सुलभ भएकाले अरु देशमा पनि निर्यात हुन्छ।डा.रुईतले चाहानुहुन्छ कि यसलाई देशकै नमुना उत्पादन उद्योग बनाउने र वर्षमा १० देखि १५ लाख उत्पादन गरेर संसारभर निर्यात गर्ने बताउदै आउनु भएको छ।

यसका लागि सरकारले सहयोग गरोस् भन्ने चाहानु भएकोछ।“उहा भन्नुहुन्छ”,‘अन्तिम समय सरकारलाई आग्रह गरेका थियौं, सरकारले हामीलाई २० प्रतिशत दिएको छ।यतिले नपुग्ने बताउनु भएको थियो।

२.तिलगंगा आँखा प्रतिष्ठानलाई इन्टरनेशन अप्थाल्मिक(आँखा उपचार) इन्ष्टिच्युसनल हब बनाउने।

“डा.सन्दुक रुईतले अहिले भएको प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने आफ्नो इच्छा रहेको बताउदै भन्नुभयो”,‘नाम छ,विज्ञ छ, स्रोत साधन छ।धेरै खर्च गर्नुपर्दैन,माथिबाट क्याप लगाइदिए पुग्ने बताउनु भएको थियो।

सोहि कुरा थाहा पाउनु भएका प्रधानमन्त्री प्रचण्डले डा.सन्दुक रुईतले राज्य संग गर्नु भएको अपेक्षालाई गम्भीरतापूर्वक लिएको र चाडैं सम्बोधन गर्ने बताउनु भएको हो।

यसैविच:डा.सन्दुक रुईतलाई बहराइनका पूर्वराजा शेख इसा बिन सलमान अल खालिफाको नामबाट स्थापित अवार्ड मंगलबार रुइतलाई दिने घोषणा गरेको थियो।हरेक दुई वर्षमा मानव कल्याणको क्षेत्रमा काम गरेको व्यक्ति वा संस्थालाई प्रदान गरिने यो अवार्डको राशी १० लाख डलर अर्थात १३ करोड नेपाली रुपैयाँ भन्दा बढी रहेको छ।

अन्धोपन निवारणमार्फत गरेको मानव कल्याणका लागि रुइतलाई यो अवार्ड दिइएको ‘इसा अवार्ड फर सर्भिस टू ह्युमानिटी’ संस्थाले जनाएको छ।वरिष्ठ नेत्र चिकित्सक रुइतले मोतिया विन्दुको उपचार गर्ने सरल विधि विकास गरेका थिए।इन्ट्राअकुलर लेन्सको विकास गरी सुलभ दरमा उपलब्ध गराएका कारण विकासोन्मुख देशका लाखौं व्यक्तिले आँखाको ज्योति प्राप्त गरेका छन् ।

इसा अवार्डका लागि १४५ व्यक्ति र संस्थाले आवेदन दिएका थिए, जसमध्ये १३९ वठा आवेदन स्वीकृत भएको थियो।‘सर्टलिस्ट’मा अमेरिकी परोपकारी संस्था मर्सी सिप,बंगलादेशको फ्रेन्डसिप एनजीओ,कोलम्बियाको क्यामिलो जोस हेरेया,वातावरण संरक्षणमा क्रियाशील केन्याको जाम्बी माटी र स्वीट्जरल्याण्डको विश्व स्वास्थ्य संगठन फाउण्डेसन छानिएको थियो ।

डा.रुइतका अनुसार उहाँको नाम कसैले मनोनयन गरेको थिएन।तर निर्णयक आफैंले मनोनयनमा राखि दिएको थियो र आफैंले अवार्ड जितेको बताउनु भएको थियो।