आजपनि एमालेद्वारा संसद बैठक अवरुद्ध, अर्काे बैठक जेठ २१ गते

काठमाण्डाैं,जेठ,१८-

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भरतपुर महानगरपालिकाको मतगणना सुचारुको माग गर्दे विहिबार पनि व्यवस्थापिका संसद बैठक चल्न दिएन ।

सभामुख ओनसरी घर्तीले आजको संसद बैठक सुरु भएको जनाउ दिने वित्तिकै एमालेका सांसदहरुले उभिएर बैठक अवरोध गरेका हुन् ।

अवरोधका बीच नेकपा माओवादीका सांसद रामनारायण विडारीले नियमापत्ति जनाएपछि बैठकको माहोल भिन्न बनेको थियो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले उठेर अवरोध जनाईरहेको समयमा नियमापत्तिका लागि बोल्न दिन नसक्ने सभामुखले बताएपछि सांसद विडारीले एकोहोरो नियमापत्ति भनेपछि बैठक हासोले गुञ्जयमान भएको थियो ।

एमालेका सांसदले उभिएर विरोध जनाएपछि सभामुख घर्तीले जेठ २१ गते बिहान ११ बजे सम्मका लागि बैठक स्थगित गर्नुभयो ।

संसद सचिवालयले विहिबारको बैठकमा राष्ट्रपतिको कार्यालयबाट बहुमतको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने , अर्थमन्त्री कृष्ण बहादुर महराले आर्थिक बर्ष २०७४ ÷०७५को राजश्वर र व्ययको बार्षिक अनुमान माथि छलफल सुरु गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसुची तय गरेको थियो ।