ड्राफ्ट हेरेर कालापानीबारे भारतलाई पत्र पठाइएका छौ : प्रचण्ड

काठमाडौं,मंसिर,७-

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमा विवादबारे परराष्ट्र मन्त्रालयले भारतलाई पत्र पठाएको बताउनु भएको छ ।बाग्लुङको बुर्तिबाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सो पत्रको ड्राफ्ट आफू र प्रधानमन्त्री केपी ओलीले हेरेको बताउनुभयो।

उहाँले सुस्ता र कालापानीको समस्या जटिल र गम्भीर रहेको भन्दै यस विषयमा राष्ट्र एकताबद्ध रहेको बताउनुभयो ।सीमा मिचिएको बेलामा सरकारले प्रभावकारी रुपमा कुटनीतिक संयन्त्र प्रयोग गर्न नसकेको आरोप लागिरहेका बेला प्रचण्डले समस्या समाधान गर्न सरकारले काम गरिरहेको पनि बताउनुभयो ।

प्रचण्डले नेकपाका दुई अध्यक्षको कार्यविभाजन भएपछि पार्टीमा कुनै दुविधा नरहेको पनि बताउनुभयो ।‘एक जनाले सरकार हाँक्ने र एक जनाले पार्टी हाँक्ने टुंगो लागेको छ,’ उहाँले भन्नुभयो, ‘अब पार्टीमा कुनै कन्फ्युजन छैन।’

यसैबिच : प्रचण्डले वाम गठबन्धनलाई कायम राख्न बाग्लुङमा राष्ट्रिय जनमोर्चासँग तालमेल गरिएको बताउनु भएको छ। उहाँले पार्टी निर्णयको अवज्ञा नगर्न कार्यकर्तालाई निर्देशन पनि दिनुभयो।

‘चुनाव जित्नु ठूलो कुरा होइन, चुनाव जितिन्न भनेर होइन, वामगठबन्धन कायम राख्न, राजमोसँग मिलेर साझा उम्मेदवार उठाएको बताउनुभयो ।उहाँले एउटा पदका लागि मित्रतामा दरारा पार्न नसकिने पनि बताउनुभयो ।

नेकपाले राजमोका खिमविक्रम शाहीलाई साझा उम्मेदवार बनाउने निर्णय गरेपछि जिल्ला कमिटीमा असन्तुष्टि देखिएको थियो। यद्यपि वागी उम्मेदवार बनेका ले पनि केन्द्रको दबाबमा साझा उम्मेदवारलाई नै समर्थन गर्ने बताउनु भएको छ ।उहाँले बाग्लुङको विकासमा आफूले सघाउने वाचा पनि गर्नुभयो ।