राहत प्रयाप्त नभए पछि फत्तेपुरमा सोमबार पुगेको राहत वितरण भएन्

स्थानीय स्तरमा नै सामान खरिद गरी वितरण गर्छौ : वडा अध्यक्ष

सिमा घर्ति/
बाँके,साउन,३०-

बाकेका बाढीपिडितहरुको उद्वार गर्ने र उनीहरुलाई राहात वितरण गर्ने कार्य सोमबार देखि सुरु भए पनि फत्तेपुरमा नेपाली सेनाको हेली कप्टरले छाडेको खाद्यान्न प्रयाप्त नभएको भन्दै बितरण गर्न कठिन भएको वडा अध्यक्ष राम लखन थारुले बताएका छन् ।शुक्रबार साझ देखि परेको भारी बर्षातका कारण राप्ती नदी तथा स्थानीय खोलाहरुमा आएको बाढीका कारण बाकेका अधिकांश ठाउहरु डुवानमा परेका छन् ।

डुबानमा परेकाहरुलाइ उद्धार गर्ने कार्य प्रभावकारी नभएको भन्दै मानव अधिकारबादी संस्था तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स)ले आईतबार आपत्ती प्रकट गरेको थियो । यता स्थानीय प्रशासनले बाँकेका बाढी पिडितहरुलाई भुजा,चाउचाउ,चिनी र पानी दिए पनि त्यो प्रयाप्त नरहेको पिडितहरुले गुनासो गरेका छन् ।

फत्तेपुर वडा नं. ७ मा सोमबार बिहान नेपाली सेनाको हेलीकप्टरले १ बोरा चिनी,२ बोरा भुजा,चाउचाउ र पानी बितरण गर्नका लागि वडा कार्यालयलाइ जिम्मेवारी दिए पनि प्रायप्त मात्रामा उक्त सामाग्रीहरु नरहेकोले वडा कार्यालय तत्काल वितरण गर्न असमर्थ भएको जनाएको छ । वडा अध्यक्ष राम लखन थारुले भने,नेपाली सेनाले पठाएको राहत प्रयाप्त छैन्,यस्तो राहतले वितरण गरेर जनतालाई आतंकीत बनाउनु भन्दा वितरण नगरे कै ठिक हुन्छ ।

प्रयाप्त मात्रामा राहत वितरण गर्न सक्दैन भने नदिए हुन्छ हामी आफै बिकल्प खोज्छौ । उनले थप्दै भने राप्तीपारी कै पसलबाट खाने सामानहरु किनेर बितरण गर्ने तयारी गरेको छु । उहाँले सहयोगी हाथहरुलाई वडा कार्यालयले स्वागत गर्न तयार रहेको जिकिर गर्नु भएको थियो । फत्तेपुर ७ का बुद्धि चौधरी भन्छन्,घरमा भएको सबै अन्नबाली बाढीले भिजेको छ ।

खाना पकाएर खाम भने पनि केही छैन् । सोनपुर स्कुलमा शरण लिई रहेका पिडितहरु भन्छन् हाम्रो लागी नभए पनि हाम्रो बच्चाहरुका लागि चामल भई दिए पकाएर दिन सकिन्थ्यो । उनले अर्को प्रसंगमा भने सरकारले दिने भनेको राहत अहिले सम्म हामीले हेर्न पाएका छैनौ । यती मात्र होईन वडा अध्यक्ष र उनले खटाएका व्यक्ति बाहेक सरकारी कर्मचारीहरु अहिले सम्म हाम्रो पिडा हेर्न नआएको गुनासो समेत सुनाएका थिए ।

गृह मन्त्री आईतबार फत्तेपुरका बाढी पिडितहरु संग कुरा गर्दै राहत वितरणका लागि टोल टोलमा समिति तयार गरेर राहत वितरण कार्य सुरु गर्न वडा अध्यक्षलाई सुझाव दिनु भएको थियो भने उचित राहतको व्यवस्था तत्काल गर्ने र मातहतको निकायलाई राहत वितरण गर्न निर्देशन गरी सकेको उदघोष गरे पनि बाँकेमा राहत वितरण सोमबार सम्म पनि प्रभावकारी नभएको पाइएको अधिकारबादी संस्था थर्ड एलायन्सले जनाएको छ ।