ओखलढुंगाको बलखुमा ट्याक्टर दुर्घटना एकको मृत्यु, दुई घाईते

सिर्जना बर्देवा/
ओखलढुंगा,पौष,१४-
ओखलढुंगाको सुनकोशी गाउपालिका १ बलखुमा गएराती १०ः३० बजे ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाईते भएका छन ।

थुल्मे घाट बाट बलखु तर्फ जादै गरेको ना ६ त ४६९८ नम्बरको ट्याकटर बलखुको भित्रि सडक खण्डमा अनियन्त्रीत भई सोही गाउपालिका निबासी बर्ष २० को नबिन लुईटेलको घटना स्थलमै मृत्यु भएको हो ।

त्यस्तै सोही गाउपालिका निबासी बर्ष २३ का पुश्कर लुईटेल र सिन्धुली फिकल गाउपालिका ६ निबासी बर्ष २५ को झर्के राई गम्भिर घाईते भएका छन् । घाईतेलाई उपचारका लागी काठमान्डौं पठाईएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।

मृतकको पोष्टमार्टमको लागी जिल्ला अस्पाताल रुम्जाटार ल्याईएको छ । ट्याकटर चालक फ्रहार रहेको र खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।