प्रधानमन्त्री दाहालद्वारा क्रिकेट खेलाडीलाई बधाई

काठमाडौं,फाल्गुन,९-प्रधानमन्त्री पुष्पकमल दाहालले स्कटल्याण्डलाई पराजित गर्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई बधाई दिनुभएको छ ।

मंगलबार भएको आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन खेलमा नेपालले स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको हो ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री दाहालले क्रिकेट खेलाडीलाई बधाई तथा शुभकामना दिनुभएको छ ।