३५ अौं अन्तर्राष्ट्रिय एड्स दीप प्रज्वलन दिवस बांकेमा पनि मनाईयो

के-पी- घिमिरे/
नेपालगन्ज, जेठ,६-
एच-अाई-भी- संक्रमित भएकाहरुप्रति हुने भेदभावको अन्त्य गर्दै र एच-आइ-भी- एड्सजन्य संक्रमणका कारण मृत्यु भएका व्यक्तिहरुको सम्झनामा अाज बांकेको नेपालगन्जमा दीप प्रज्वलन गरी अन्तर्राष्ट्रिय एड्स स्मृति दीवस मनाईएको छ ।भेरी अन्चल अस्पतालका बरिस्ठ फिजिसियन तथा एचआइभी एड्स फोकल व्यक्ति डा- संकेत रिसालको अध्यक्षतामा उक्त कार्यक्रम गरिएको थियो ।

जसमा ए-एच-एफ- बांकेका संयाेजक संजय पौडेल, जन स्वास्थ्य कार्यालयका प्रतिनिधि , जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि , पत्रकारहरु, जुनकिरी महिला समूह, लागु अौषध सम्वन्धी काम गर्ने बिभिन्न संघ संस्थाहरु जस्तै सहारा हाउस, सामना पुनःस्थापन केन्द्र लगायतका थुप्रै संघ संस्थाको संयुक्त अायोजना र विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै बरिस्ठ फिजिसियन तथा एचआइभी एड्स बांकेका फोकल व्यक्ति डा-संकेत रिसालले नेपालमा यसका मृत्यु हुनेको संख्या १७७१ जना रहेको छ । बांकेमा यो रोगको संक्रमित ०७३/०७४ को अभिलेख अनुसार ५३५ पुरुष, ४१४ महिला, र १३ जना तेस्रो लिङ्गी गरी ९६२ जना रहेका छन् ।

हाल सम्म बांकेमा ११३ जनाको एड्सको कारणले मृत्यु भएको बताउनुभयो । ए-एफ-एच- बांकेका संयोजक संजय पौडेलले यो एक महामारी रोग जस्तै हो यसका अन्त्यका लागि हामी सबैको प्रतिबद्धता, प्रयास, बेलैमा उपचार, स्याहारसुसार गर्नुपर्ने अावश्यकता रहेको बताउनु भएको थियो ।