कोरोना संक्रमणबाट ८१२ जनाको मृत्यु पुष्टि, संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुग्यो

काठमाडौं,कात्तिक,६-नेपालमा बिहीवार थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बिहीवारसम्ममा सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ जना रहेका छन् । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख २ हजार ८२० जना पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप २१ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ८१२ जनाको मृत्यु पुष्टि भएको छ ।

हाल मुलुकका विभिन्न भागमा रहेका क्वारेन्टाइनमा ३ हजार ७५१ जना रहेका छन्।मन्त्रालयका अनुसार मुलुकका विभिन्न भागमा रहेका आईसोलेशनमा ४४ हजार ८७७ जना रहेका छन् ।त्यस्तै हालसम्म १३ लाख ५० हजार १५२ ओटा पीसीआर परीक्षण भइसकेको छ । 

मन्त्तालयका अनुसार विगत २४ घण्टामा थपिएका नयाँ संक्रमितमध्ये १ हजार ५५२ जना काठमाडौं उपत्यकाका रहेका छन् । थपिएका नयाँसंक्रमितमध्ये काठमाडौं जिल्लामा १हजार २८३ जना, ललितपुर जिल्लाका १५७ जना र भक्तपुर जिल्लाका ११२ जना छन् ।