‘ए’ डिभिजन लिगमा आजबाट १२ औं चरणका खेल हुने

काठमाडौं,फागुन,७-सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अब दुई चरणका खेल मात्र बाँकी छन् ।साविक विजेता मच्छिन्द्रले उपाधि रक्षा गरिसकेको छ भने रेलिगेशनबाट बच्न पुछारका टोलीको रोचक प्रतिस्पर्धा हुनेछ।यस्तै मनाङ मर्स्याङदी क्लब र थ्री स्टारसँगै त्रिभुवन आर्मी क्लबबीच शीर्ष स्थान पछिको स्थानका लागि हुने प्रतिस्पर्धाले १२ औं चरणको खेल रोमान्चक बन्ने देखिन्छ ।

आज दशरथ रंगशालामा तालिकाको पुछारमा रहेको च्यासल युथ क्बलले रेलिगेशन क्षेत्र भन्दा एक स्थान माथि रहेको टोली फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्दैछ । फ्रेन्ड्स र च्यासलबीचको खेल दिउँसो १ बजे हुनेछ ।

दुवै टोलीलाई जित आवश्यक छ । फ्रेन्ड्स रेलिगेशन निश्चित गर्न खराब नतिजाबाट गुज्रिरहेको च्यासल युथविरुद्ध स्पष्ट अंकका लागि खेल्नेछ भने च्यासल पनि रेलिगेशन बच्ने गुरुयोजनाका साथ फ्रेन्ड्सविरुद्ध मैदान उत्रिनेछ । च्यासललाई फ्रेन्ड्ससँगको हारले रेलिगेशन पक्का जस्तै हुने भएकाले गर या मरको अवस्थामा तीन अंकका लागि खेल्नेछ । रेलिगेशन क्षेत्र भन्दा माथि भए पनि अंक अन्तर छिनो हुँदा फ्रेन्ड्सलाई खतराको घन्टी बराबरी वा पराजयमा हुनेछ ।

१२ औं चरणको खेल अन्तर्गत आजै हुने अर्को खेल च्याम्पियन भइसकेको मच्छिन्द्र फुटबल क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ । मछिन्द्र र थ्री स्टारबीचको खेल दिउँसो पौने ५ बजे हुनेछ ।

थ्री स्टारलाई हराएर मछिन्द्र अपराजित यात्रा कायम राख्न चाहन्छ । थ्री स्टार पनि मछिन्द्रलाई हराएर शीर्ष दुईमा उक्लन चाहन्छ ।ईमेजबाट