नेपालले दियो फिलिपिन्सलाई २ सय १९ रनको विशाल लक्ष्य

कुशल भुर्तेलको शतक र दिपेन्द्र सिंह ऐरीको अर्धशतक

काठमाडौं,फागुन,७-आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको ग्लोबल छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई २ सय १९ रनको लक्ष्य दिएको छ ।

ओमानको मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा तानिएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय १८ रन बनाएको हो ।

 

नेपालका लागि कुशल भुर्तेलले अविजित रहँदै शतक र दिपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे । ५७ बलको सामना गरेका भुर्तेलले १३ चौका र १ छक्काको मद्दतमा १ सय रनको पूरा गरेका हुन् ।

यसअघि टी–ट्वान्टीमा नेपालको तर्फबाट पारस खड्का र ज्ञानेन्द्र खड्काले शतक प्रहार गरेका छन् ।

ऐरीले ४७ बलमा ८३ रन बनाउँदा लोकेश आशिफ शेख पहिलो बलमै आउट भए भने लोकेश बलले ३ बलमा ६ रन बनाउँदै अविजित रहे ।

फिलिपिन्सका डेनियल स्मिथ, मिग्गी पोडोस्की र गुर्भुपिन्दर चोहानले समान एक–एक विकेट लिए ।

फिलिपिन्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।यसअघि शुक्रबार ओमानविरुद्धको खेलमा नेपालले ३९ रनको शानदार जित हात पारेको थियो । सोमबार नेपालले समूहको अर्को टोली क्यानडासँग भिड्नेछ ।