राप्तीपारी पोल गारेको १५ वर्ष पुग्दा पनि बिजुली पुगेन्

जनता आक्रोसित,भन्छन, राजनीतीक दलका दलालले उल्लु बनायो

प्रेरणा खड्का,

बाँके,साउन,८-

बाँकेको राप्तीपारीका बासीन्दाले अब आफूहरुको बिजुली बत्ती बालेर उज्यालोमा बस्ने सपना,सपनामै सिमीत भएको बताएका छन् ।  राप्ती पारिका ६०,०००” साठी हजार बढी जनताका लागी बिजुली बत्तीको पोल गारेको विगत १५ वर्ष सम्म पनि बिजुलीको लाईन नदिदा यहाँका जनता निराश भएका हुन् ।

अहिले यहाँका जनता सोलार र मत्त्तितेल बालेर बसेका छ्न । बिजुली नपुगेको ठाँउमा छिटो बिजुली पुर्याउने योजना बनाउन छाडेर कमिशन बात अर्बपती बन्ने योजना बनाएका दलालहरु प्रती यहाँका जनता आक्रोसित भएका छन् ।

स्थानीय यूवक अशोक आमरणले आक्रोसित हुँदै भने के जनता भनेका बिराटनगर, बिरगंज, काठमाडौं ,पोखरा चितवन ,बुटवल जस्ता शहरका मात्रै हुन ? गाँउघरमा बस्नेले बिजुली बाल्नु पर्दैन ?? भारतबाट २५० MW  बिजुली किनेर नाटक मत्र गरेर  जनतालाई उल्लु बनाउने काम बन्द गर्न आग्रह समेत गर्नुभयो ।

उहाँका अनुसार राप्तीपारीका ६० हजार बढी जनताको उज्यालोमा बस्ने सपना प्रती खेलवाड गर्ने ठेकेदार दलालीलाईलाई कार्वाही गर्न माग समेत गर्नुभयो ।

राप्तीसोनारी गाँउपीलीकामा चुनावको वेला विभिन्न विकासको कुरा गर्दै समस्य समाधान गर्न अनेकौ बाहना बनाएर भोट माग्न आउने तर चुनाव सकिएपछि वेवास्था गर्ने कुनै पनि राजनीतीक दलका नेतालाई त्यस्तो स्वार्थको लागी मात्र राजनीती गर्ने र आफूहरुको भोटको कदर नगर्ने हो र समस्या नबुझ्ने हो भने गाँउ नपस्न समेत चेतावनी दिनुभयो  ।