पार्टी एकतालाई बचाउन सहमतिका थप आधार खोज्ने नेकपाका अध्यक्षद्वयको सहमति

काठमाडौं,असार,२१-नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टी एकतालाई बचाउन सहमतिका आधारहरु खोज्ने सहमति भएको छ ।आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सहमतिका लागि दुवै अध्यक्षले थप लचकता प्रस्तुत गर्ने सहमति भएको हो ।

फाईल तस्विर !

अध्यक्षद्वयले भोली बिहान स्थायी कमिटीको बैठक बस्नुअघि पुनः छलफल गर्ने सहमति भएको छ । वार्तामा प्रधानमन्त्री ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, पार्टी महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी हुनुहुन्थ्यो ।

यस्तै दाहालको तर्फबाट वर्षमान पुन र जनार्दश शर्मासमेत सहभागी भएको बताइएको छ ।छलफलमा दुवै समूहका नेताहरु पार्टी एकतालाई बचाउन सहमति आवश्यक रहेको र दुवैतर्फबाट दुरी एवं आशंका बढाउने क्रियाकलापहरु रोक्न सहमत भएका छन् ।ईमेजबाट