नेपालमा थप २९३ जना कोरोना संक्रमण, संक्रमित संख्या १५,७८४ पुग्यो

निको हुनेको संख्या ६,५४७ जना

काठमाडौं,असार,२१-आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा थप २९३ जना कोरोना संक्रमित थपिएको जानकारी दिनुभयो । यो संगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १५ हजार ७८४ पुगेको छ।

काठमाडौँ उपत्याकामा एकै दिन थप ३० जनामा कोरोना पोजिटिभ भेटिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा काठमाडौँका २१, ललितपुरका २, भक्तपुरका १, वीर अस्पतालमा काठमाडौँका १, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौँका ५ जनामा कोरोना पोजिटिभ आएको गौतमले बताउनुभयो ।

यसैबिच पछिल्लो २४ घण्टामा थप १३२ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ६ हजार ५४७ पुगेको छ।आज २५ प्रयोगशालामा ४ हजार ७१० जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले बताउनुभयो ।