पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधन

काठमाडौं,पुस,३-

पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको मंगलबार बिहान निधन भएको छ । ९३ वर्षीय गिरीको आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा निधन भएको पारिवारिक स्रोतले  जनाएको छ । गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए ।

कलेजोमा क्यान्सर लागेका उनको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार भएको थियो । राजा महेन्द्रले ०१७ सालमा पञ्चायनी व्यवस्था स्थापना गर्नुपूर्व नेपाली कांग्रेसका नेता रहेका गिरी त्यसपछि हार्डलाइनर पञ्चका रुपमा चिनिन्थे ।

०५९ सालमा पूर्वराजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि उनीले मन्त्रिपरिषदको उपाध्यक्ष बनेर पूर्वराजा ज्ञानेन्द्रलाई साथ दिएका थिए । पारिवारिक स्रोतका अनुसार गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार निवासमै राखिने छ । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।