हामी काम गरेर देखाउँछौ कांग्रेस नेता सिंह

काठमाडौं, २६ वैशख –

नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले जनताको पक्षमा काम गर्ने उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गर्नु भएको छ । काठमाडौंको शंकरापुर नगरपालिकाका उम्मेदवारहरूको पक्षमा आज मत माग्न त्या पुग्नु भएका नेता नेता सिंहले कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गर्नु भएको हो ।

नेता सिहले स्थानीय तहको निर्वाचनमा कांग्रेसको पक्षमा माहोल बनिसकेको बताउनु भएको छ । कांग्रेसको नेतृत्वमा संविधान जारी भएको र आर्थिक विकास पनि कांग्रेसकै नेतृत्वमा हुने भन्दै उहाँले काग्रेस कुरा कम, काम बढी गर्ने पार्टी भएको दावी गर्नुभयो ।

नेता सिहले आफ्ना उम्मेदवारहरूले चुनावमा जिते भने गाउँ र नगरमा आर्थिक क्रान्ति ल्याउँने विश्वार दिलाउनु भएको छ ।