बाँकेमा दोस्रो चरणको निर्वाचनका लागि दलहरुद्वारा उम्मेदवारी दर्ता

काँग्रेसका तर्फबाट मेयरमा कनोडिया र उप मेयरमा थापा सहित २३ वडाध्यक्षको उम्मेदवारी मनोनयन

बाँके,असार,४-

स्थानिय तहको दोस्रो चरणको निर्वाचनका लागि आज दलहरुले उम्मेदवारी दर्ता गराइरहेका छन् । बाँकेका ८ वटै स्थानीय तहमा काँगे्रस लगायतका दलका तर्फबाट उम्मेदवारहरुले विभिन्न पदमा उम्मेदवारी दर्ता गराईरहेका छन् । नेपालगञ्जस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जमा सबै भन्दा पहिले काँगे्रसका तर्फबाट उम्मेदवाहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

नेपाली काँग्रेस बाँकेका तर्फबाट नेपालगन्ज उपमानगरपालिकाको मेयर पदका लागि डा. सुरेश कुमार कानोडिया र उप मेयर पदका उम्मेदवार उमा थापामगर सहित २३ वडाका वडाध्यक्ष सहितका सदस्य पदका उम्मेदवारहरुले आज विहान साढे ११ बजे उम्मेदवारी मनोनयन गरेका हुन् ।

मेयरका उम्मेदवार डा. कानोडियाको प्रस्तावकमा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपालगन्जका पूर्व उपमेयर सुरेन्द्र हमाल र समर्थकमा मुस्लीम संघ बाँकेका पूर्व अध्यक्ष मोहमद कादिर जोलाह रहि उम्मेदवारी दर्ता गराउनुभएको हो ।

त्यस्तै उपमेयरको प्रस्तावकमा काँग्रेस नेतृ भारती जोसी र समर्थकमा महाधिवेसन प्रतिनिधि एवं नेपाल तरुण दलका केन्द्रिय सदस्य सुदिप नरसिङ्ग राणाको समर्थनमा उम्मेदवारी दर्ता गर्नुभएको छ । मेयर उपमेयर सहित २३ वटै वडाका वडाअध्यक्ष सहित सदस्यहरुले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता गर्नु अघि नेपाली काँग्रेस बाँके पार्टी कार्यालयमा शुभकार्य सहित पुजाआजा गरी भब्य ¥याली निकालीएको थियो । नेपाली काँग्रेस पार्टी कार्यालयबाट निस्केको उम्मेदवार सहितको भब्य ¥यालीले विपि चोक , त्रिभुवन चोक, जिल्ला प्रशासन सहित मुख्य निर्वाचन कार्यालयमा पुगी उम्मेदवारी दर्ता गराइएको नेपाली काँग्रेस बाँकेले जनाएको छ ।

नेपाली काँग्रेसको ¥यालीमा हजारौंको सहभागीता रहेको थियो भने कयौंले रयालीलाई स्वागत गर्दै शुभकामना दिएका थिए । एमाले, राप्रपाले पनि मनोनयन दर्ता गराएका छन् ।