नवलपरासीमा राजापाका २० जना पक्राउ

नवलपरासी, असार ४-

राष्ट्रिय जनता पार्टीका नवलपरासी जिल्ला अध्यक्ष पुरन चौधरीसहित २० जनालाई प्रहरीले  आज पक्राउ गरेको छ ।

दोस्रो चरणको स्थानीय तह निर्वाचनको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम विथोल्ने आशंकामा प्रहरीले रोयल परासी होटलबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुले मनोनयनपत्र दर्ता कार्यक्रमलाई प्रभावित गर्नेबारे छलफल गरिरहेको हुनसक्ने प्रहरीले आशंङका गरेको हो ।