नारायणगढ-मुग्लिन सडक आज रातीदेखी बन्द हुने

काठमाडौं,असार,२५-

नारायणगढ-मुग्लिन सडक आजदेखि रातको समयमा बन्द हुने भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षतामा भरतपुरमा बसेको सर्वदलीय बैठकले निर्माणाधीन नारायणगढ्-मुग्लिन सडकखण्डमा आजवाट साँझ ६ बजेदेखि बिहान पाँच बजेसम्म सवारीसाधन चल्न नदिने निर्णय गरेको हो ।

सडक स्तरोन्नतिका क्रममा रहेको उक्त सडकखण्डमा वर्षायामसँगै पहिरो झरेर सडक अवरुद्ध हुनाका साथै मानवीय क्षतिसमेत हुन थालेपछि संसद विकास समितिको निर्देशनअनुसार थप सुरक्षाको प्रबन्ध गर्ने र रातको समयमा सडक बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भट्टले जानकारी दिनुभयो ।