कोरोना संक्रमणबाट एकैदिन १०१ जनाको मृत्यु,५३१६ जना संक्रमित थपिए

काठमाडौं,जेठ,१९-नेपालमा पछिल्लो २४ घण्टामा देशभर १०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १०१ जनाको मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ५४६ पुगेको छ ।मन्त्रालयका अनुसार  ५ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८०५ ओटा  पीसीआर परीक्षणबाट ४ हजार ५२४ जना र ३ हजार ७३ ओटा एन्टिजेन परीक्षणबाट ७९२ जना गरि कुल ५ हजार ३१६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो।

यसैगरी सो अवधिमा संक्रमणमुक्त हुनेको संख्या ७ हजार २१९ रहेको छ ।

आज थप ७ हजार २१९ जना कोरोना संक्रमणमुक्त भएका छन्। यो सँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ४ लाख ६१ हजार ५६३ जना पुगेको छ ।

यसैगरी हाल देशका विभिन्न भागमा रहेका अस्पतालमा १ लाख १ हजार ९९३ जना कोरोना संक्रमित उपचाररत रहेका छन्।