कांग्रेसले स्थानीय तहमा भिड्ने उम्मेदवारको टुंगो लगायो,युवा नेतृत्वलाई उम्मेदवारी

रमित बि.क.

बाजुरा,जेष्ठ ९-
नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुराले यही जेठ ३१ गते हुने भनिएको स्थानीह तहको निर्वाचनका लागि आफ्ना उम्मेदवारको टुुंगो लगाएको छ । बाजुराका चार नगरपालिका र पाँच गाउँपालिकाको लागि मेयर उपमेयर तथा अध्यक्ष उपाध्यक्षको अधिकांश पदको टुन्गो लागेको कांग्रेस श्रोतले जानकारी दिएको छ ।

प्राप्त जानकारी अनुसारः बडिमालिका नगरपालिको मेयर पदको उम्मेदवारमा बडिमालिका नगर कार्यसमिति सभापति पदम बडुवाललाई दिएको छ । बुढिगंगा नगरपालिका को मेयरका लागि नेपाली काँग्रेस जिल्ला कार्य समिति सचिव दिपक बिक्रम शाहलाई दिएको छ भने उप—मेयरमा तारादेवी खाती( थापा)लाई दिएको छ ।

बुढिनन्दा नगरपालिको मेयरको उम्मेदवार पदम गिरी छन् भने उपमेयरमा रिता शाही –सिंहलाई दिएको छ । त्यसैगरी त्रिबेणी नगरपालिकाको लागि मेयरका उम्मेदवारमा नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुराका बरिष्ठ सदस्य रामसिंह रावललार्ई दिएको छ भने उपमेयरमा राधिका सुनारलाई दिएको छ । सुनार एकल महिला पनि हुन ।

हिमाली गाउँपालिकाको अध्यक्ष पदका लागि नेपाली कांग्रेस जिल्ला कार्य समिति उप—सभापति समेत रहेका गाविन्द्र वहादुर मल्ललार्ई दिएको छ । स्वामीकार्तिक गाउँपालिकाको अध्यक्षको उमेदवार भरत रोकाया छन् भने उपाध्यक्षको नाम खुलाइएको छैन । त्यस्तै गौमुल गाउँपालिकाको अध्यक्षमा कांग्रेस जिल्ला कार्य समिति सदस्य देवहादुर रोकाया छन् भने उपाध्यक्षमा कांग्रेस जिल्ला कार्य समिति सदस्य उमा रोकाया रहेकी छन् ।

छेडेदह गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा नरबहादुर रावत रहेका छन् । त्यसैगरी अधिकांस वडा अध्यक्ष र सदस्यको पनि टुंगो लागेको पार्टी सचिव एबं बुढिगंगा नगरपालिकाका अध्यक्ष पदका उम्मेदवार दिपक विक्रम शाहले बताउनुुभएको छ । पाण्डवगुफाको अध्यक्ष उपाध्यक्षका उम्मेदवारको नाम भने सिफारिस भएको छैन । अधिकांस स्थानीय तहमा कांग्रेसले युवा नेतृत्वलाई उम्मेदवारी दिएको छ ।

महिला र दलितलाई भने प्रमुख पदमा कांग्रसले पनि उम्मेदवारी दिन सकेको छैन । त्यस्तै बाजुराको सदरमुकामको बडिमालिका नगरपालिकाको उपमेयरको उम्मेदवारको पनि टुंगो लगाएको छैन । नेपाली कांगे्रस र नेकपा माओवादी केन्द्र बीच केही ठाउमा तालमेल हुन सक्ने कांग्रेस श्रोतले जनाएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले यस अघि नै आफ्नो उम्मेदावरको टुंगो लगाइसकेको बताएको छ ।

यद्येपी आधिकारीक रुपमा आ—आफ्ना उम्मेदवारको नाम भने सार्वजनिक गरेका छनै । तिन दिन सम्म सञ्चालन भएको बैठकले गहन छलफल तथा कार्यकर्ताको कार्य सम्पादन र जनभावनालाई कदर गर्दै टिकट दिने निर्णय गरेको पार्टी सभापति कविराज पण्डितले बताउनुभयो । प्रत्येक पदका प्रत्यासी धेरै थिए सबै आकांक्षीलाई लाई सम्झाएर प्रत्यासी कै सल्लाहमा टिकट दिने सहमती भएको हो सभापति पण्डितले बताउनुभयो ।

नेपाली कांगे्रस केन्दीय सदस्य एवं सांषद बद्री प्रसाद पाण्डेको उपस्थितीमा पार्टी सभापति कविराज पण्डित पूर्व सभापति मानवहादुर रावल कांग्रेस नेता जनकराज गिरी ,देवराज जोशी,महाँ नेपाली, सचिव दिपक विक्रम शाह,कोषाध्यक्ष नारायण पाध्याय लगायतको उपस्थितिमा टिकट वितरण गरेको बताईएको छ । काँग्रेसले आधिकारीक निर्णय भने सार्वजनिक गरेको छैन ।