जाँदाजाँदै दाहाल सरकारले गर्याे यस्ताे निर्णय

मन्त्रिपरिषद बैठकबाट विभिन्न पदमा नियुक्ति

काठमाण्डाैं,जेठ, ९-

सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चाइना गेजुवा ग्रुप कम्पनीलाई दिएको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले १२ सय मेगावाटको जलाशययुक्त बुढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई निर्माण गर्न दिने निर्णय गरेको हो ।

बूढीगण्डकी आयोजनालाई इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्र्याक्ट विथ फाइनान्स मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनीलाई जिम्मा दिने निर्णय गरिएको उर्जामन्त्री जनार्दन शर्माले जानकारी दिनु भयो ।

मन्त्रिपरिषद बैठकबाट विभिन्न पदमा नियुक्ति

सरकारले राष्ट्रिय समाचार समितिको महाप्रबन्धकमा ओपेन्द्र शर्मालाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय समाचार समितिको महाप्रबन्धकमा शर्मालाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनु भयो ।

यस्तै सरकारले वाणिज्य मन्त्रालय अन्तरगतको निर्यात तथा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकमा शरदविक्रम राणालाई नियुक्त गरेको छ ।

यस्तै सरकारले रुकुमका कामी बुढामगरलाई शहीद घोषणा गरेको छ । आजको बैठकले उहाँलाई शहीद घोषणा गरेको हो ।

कामी बुढामगरलाई कम्युनिष्ट आन्दोलनमा लागेको भन्दै तत्कालीन सरकारले २०१० सालमा हत्या गरेको थियो । उहालाई माओवादीले जनयुद्धकालदेखि नै शहीदको रुपमा सम्मान गर्दै आएको थियो । नेपालवाणीवाट साभार