सञ्चार सेवा प्रभावकारी नभए ग्राहकलाई क्षतिपूर्तिदेखि लाइसेन्स खारेजीसम्म

काठमाण्डाैं,जेठ, ९-

नेपाल दूरसञ्चार प्राधिकरणले पारित गरेको दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली–०७३ अनुसार अब सेवा प्रदायकले लापरवाही गरे वा सेवाग्रहीलाई समस्या हुने गरी सेवा अवरुद्ध गरे क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरेको छ । यसमा लाइसेन्स खारेजीसम्मका व्यवस्था राखिएका छन् ।

फोन गर्दा गर्दै काटिएमा मोबाइल र टेलिफोन सेवा प्रदायकले ग्राहकलाई त्यसवापत क्षतिपूर्ति तिर्नुपर्ने गरी नयाँ व्यवस्था गरिएको छ ।

नयाँ नियमावलीमा आधारभूत दूरसञ्चार सेवा, आधारभूत टेलिफोन सेवा, मोवाइल सेवा, इन्टरनेट तथा डाटा सेवा, बिलिङ तथा ग्राहकको सेवा सम्बन्धी गुनासो सम्बोधन गर्ने सेवा प्रदायकका लागि थुप्रै कडा नियमहरु ल्याइएको छ ।

यसबाट दूरसञ्चारसेवाको गुणस्तर सुध्रने अपेक्षा प्राधिकरणको छ । विनियमावलीमा १३ महत्वपूर्ण सेवाबारेका मापदण्ड बनाइएको छ ।