नेपालगंजमा सवारी चाप बढ्दै गएपछि ट्राफिक व्यवस्थापनमा चुनौती

बाँके,माघ १८-सवारी चाप बढ्दै गएपछि व्यवस्थापनका लागि सरकारले चार वर्षअघि २० किलोमिटर कोहलपुर नेपालगंज रुपैडिहासम्मको सडक चार लेन बनाएको थियो । निमार्ण काम पुरा भएको डेढ वर्ष बिते पनि ट्रफिक व्यवस्थापन र सडक गुणस्तर प्रभावकारी नभएको स्थानीएने बताएका छन् । सडकमा दैनिक ३ वटासम्म दुर्घटना भएको जिल्ला ट्राफिक  कार्यालयले जनाएको छ ।

नेपालगंज र कोहलपुर क्षेत्रमा हुने करिब ६० प्रतीशत दुर्घटना यसै सडकमा भएका छन् । सडकमा रोड सिग्नल पर्याप्त नहुनु भीडभाड हुने सबै स्थानमा ट्राफिक प्रहरी व्यवस्था नहुनु तीव्र गतीमा सवारी चलानु खाल्डाखुल्डी बढ्दै जानु चालकले मादकपदार्थ सेवन गर्नु लगायत दुर्घटना मुख्य कारण हुन् । त्यस्तै छाडा चौपाया व्यवस्थापन नहुनु पार्किङ स्टप लाईट र बत्तीको व्यवस्था पयाप्त नहुनुले पनि दुर्घटना बढ्दै गएको ट्राफिक प्रहरीले जनाएको छ ।