बर्दगोरिया धार्मिक पर्यटकीय क्षेत्रमा बृहत माघि मेला आजदेखी शुरु

पवन मुडभरी/

बौनियां,पुष,२७-
कैलालीको बर्दगोरिया गाउपालिका —२ बर्दगोरिया धार्मिक पर्यटकीय क्षेत्रमा बर्दगोरिया धार्मिक संरक्षण मञ्चको आयोजनामा बृहत माघि मेला २०७४ आजदेखी शुरु भएको छ । बर्दगोरिया धार्मिक संरक्षण मञ्चले हरेक वर्ष माघी मेलाको आयोजना गर्दै आएको छ ।

मेलाको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । बर्दगोरिया धार्मिक संरक्षण मञ्चका अध्यक्ष खडक चौधरीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा बर्दगोरिया गाउपालिकाका अध्यक्ष बलीराम चौधरी प्रमुख अतिथी रहनुभएको थियो भने गाउपालीका उपाध्यक्ष भगवती डंगौरा थारु , कैलाली उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कर्ण कुंवर विशिष्ट अतिथी रहनुभएको थियो ।

मेला संयोजक जगराम चौधरीको स्वागत मन्तव्य संगै शुरु भएको कार्यक्रममा , वडा नं २ का वडा अध्यक्ष भिखु चौधरी , वडा नं ३ का कर्ण सुनार , ईलाका प्रहरी कार्यालय बौनियांका ईञ्चार्ज रामचन्द्र पन्त , दोदोधरा युवा सञ्जालका अध्यक्ष टेकराज जोषी , पत्रकार महासंघका प्रदेस सभाषद लिलाजंग शाही , बौनियां बजार व्यवस्थापन समितीका अध्यक्ष रुपक सुनार , असहायका लागी सहयोगी हातहरु नेपालका अध्यक्ष बल बहादुर बिष्ट लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले बर्दगोरीयालाई पर्यटकिय क्षेत्रका रुपमा चिनाउन आ आफ्नो तर्फवाट पहल गर्ने बताएका छन । बर्दबबा , हनुमान गडी , ग्वालीनी , मनिहारी , कन्याराजा , रामजानकी मन्दीर लगायत यस क्षेत्रका मुख्य आकर्षणका रुपमा रहेका छन । मेला माघ १ गते समापन हुने मेला कमिटि उप सयोजक खडक विकले जानकारी दिनुभयो ।

मेलामा स्थानिय कलाकारको प्रस्तुतीका साथै थारु संस्कृति झल्कीने विभिन्न नृत्य र मेलाको मुख्य आर्कषकमा छिमेकी राष्ट्र भारतको सितापुरको रामलिलाका साथै नौटंकी समेत रहने आर्थिक सयोजक विर बहादुर चौधरीले बताउनु भयो । मेलामा १ सय ५० स्टल बुकिङग भईसकेको बर्दगोरिया धार्मिक संरक्षण मञ्चका सचिव राजेन्द्र बमले जानकारी दिनुभयो ।

मेला अवलोकन गर्न बर्दगोरिया गाउपालिका,जोसीपुर गाउपालिका, सुखड,लम्की, टिकापुर, र झिमेकी राष्ट्र भारतबाट गरी करीव ५० हजार दर्शक आउने बर्दगोरिया धार्मिक संरक्षण मञ्चका अध्यक्ष खडक चौधरीले जानकारी दिनु भयो ।