जनकपुरका लागी १०० करोड सहयोग गर्छु : भारतीय प्रधानमन्त्री मोदी

जनकपुरधाम,बैशाख,२८-

दुई दिने नेपाल भ्रमणमा जनकपुर पुग्नु भएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरको बाह्रविघामा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै जनकपुर र आसपासका क्षेत्रको विकासका लागि १०० करोड भारतीय रुपैया सहयोग दिने घोषणा गर्नु भएको छ ।

 

उहाँले जनकपुरलाई रामायण सर्किटमा समावेश गर्ने दिशामा आफूहरु रहेको बताउनुभयो । उहाँका अनुसार प्रदेश सरकार र केन्द्र सरकारले समन्वय गरेर उक्त परियोजना छनोट गर्ने बताउनुभयो ।

यसैबिच : अब भारतबाट नेपाल पेट्रोल ल्याउनु परे ट्यांकरमा नभई सिधै पाईप लाई बाट नेपाल ल्याउन सकिने गरि पाईप लाईन बिछ्याउने काम सुरु गर्न लागेको बताउनुभयो ।

यस्तै दुई देश बिचको धार्मीक र साँस्कृतीक सम्बन्ध पनी गहिरो भएको बताउनुभयो ।उहाँले नेपाल र भारतको सम्बन्ध कुनै परिभाषामा नभई आफ्नो पन र आस्था र रोटी, बेटीको भाषा रहेको बताउनुभयो ।उहाँले जानकिधाम विना अयोद्धा अधुरो रहने बताउदै , दुई देशको प्रकृती र संस्कृती एक , पथ र प्राथना पनी एक भएको बताउनुभयो । मोदीले भन्नुभयो नेपल विना भारतको आस्था,विस्वास र ईतीहास अधुरो रहने बताउनुभयो ।

अपडेट …,,,,