बाँकेमा सुरक्षा तथा स्वास्थ्य सम्वन्धी प्रभात फेरि कार्यक्रम

के -पी- घिमिरे/
नेपालगन्ज, बैशाख,२८-
युवा श्रमिकको व्यवसायजन्य सुरक्षा र स्वास्थ जोखिममुक्त बनाउने हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय श्रम विभाग र भेरी अञ्चल श्रम कार्यालयको आयोजनामा सुरक्षा तथा सप्ताह कार्यक्रम आज बिहान सुर्खेत रोड स्थित श्रम कार्यालयबाट बिहान ७ बजेबाट प्रभातफेरी सुरु भइ औद्योगिक क्षेत्रमा गई समापन भएको थियो ।

उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा काम गर्ने मजदुरहरु, ट्रेड युनियनका नेताहरू, कल कलकारखानाका मालिकहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा अखिल नेपाल ट्रेड युनियनका बाकेका अध्यक्ष बसन्त मल्लले मजदुरलाई स्वास्थ र सुरक्षा सम्बन्धि तालिम दिनु पर्नेमा जोड दिनु भएको थियो।

त्यसैगरि जि फन्ट्का केन्द्रिय सदस्य पुर्ण के -सी – ले तालिममा सिकेका कुराहरू अरु मजदुरलाई पनि सिकाउनु पर्नेमा त्यो नभएको देखिएकोले जसरी भएपनि सिकाउनु बुझाउनु पर्नेमा जोड दिनु भएको थियोे । कार्यक्रममा विभिन्न ट्रेड युनियनका नेताहरूले श्रम कार्यालयले अनुगमन गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।

भेरी अञ्चल श्रम कार्यालयका प्रमुख मनोज यादवले यो सप्ताह व्यापी कार्यक्रम बैशाख १५ देखि २१ हुनुपर्नेमा प्राविधिक कारणले उक्त समयमा हुन नसकेको बताउनु भएकोे थियो। उहाँले कुनै कल कारखानामा काम गर्ने मजदुरलाई उचित पारिश्रमिक नदिएको भए निवेदन दिएमा तत्काल कार्यान्वयनको लागि पहल गर्ने वताउनु भएको थियो । प्रभातफेरि कार्यक्रम पश्चात पुनः अन्तक्रिर्या गरिएको थियो ।