गायक सापकोटाको ज्यान भट्टीमा

सिर्जना बर्देवा/
ओखलढुंगा, माघ,६-
नेपाली गीत संगीत उद्योगमा पछिल्लो समय फरक फरक धारका गीतहरु आउने क्रम बढेको छ । यसैक्रममा गायक रमेश सापकोटाको नयाँ गीतको भिडियो भर्खरै सार्बजनिक भएको छ ।

चलनचल्तीका गीतसंगीत भन्दा अलिक फरक धारका गीत गाउन रुचाउने गायक सापकोटाको “छ मेरो जिन्दगी छ मेरो ज्यान भट्टीमा” बोलको गितलाई भारतका प्रशिद्ध गजलकार शेखर अस्तित्वले लेखेका हुन भने संगीत पनि आँफैले दिएका छन् ।

(यो भिडीयो पनी हेर्नुहोस् )

गितको म्युजिक भिडियो बजारमा आए सँगै दर्शकले मन पराउनेमा गायक ढुक्क छन् । पछिल्लो समय बजारमा चलिरहेको गित भन्दा निकै पृथक गित गाएका रमेशले यो गित स्टेज तताउनका लागी गइएको समेत सुनाएका हुन् ।

गितमा महाराज थापाको एरेन्ज रहेको छ । प्रकाश बस्नेतको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा दोलालघाट तथा टौदहको सुन्दर दृश्यहरु समेटिएको छ ।