चर्चित म्युजिक कम्पनी मेशना डिजिटलले ल्यायो उत्कृष्ट म्युजिक भिडियो

सिर्जना बर्देवा/
ओखलढुंगा, कार्तिक,२४-
पछिल्लो समयको चर्चित म्युजिक कम्पनी मेशना डिजिटल प्रा.लीले उत्कृष्ट म्युजिक भिडियो सार्बजनिक गरेको छ । एक पछि अर्को गर्दै बजारमा म्युजिक भिडियो ल्याउने क्रममा भर्खरै मात्र एउटा “चर्कायौ यो छाती” बोल्लको म्युजिक भिडियो सार्बजनिक गरेको हो ।

कमल ओलीको प्रस्तुती रहेको यस गितको लय सिर्जना स्वयम ओली र शव्द सिर्जना पवन ओलीको रहेको छ भने चर्चित लोक तथा दोहोरी गायीका बिष्णु माझी र प्रस्तोता ओलीको नै स्वर रहेको छ । यस गितको म्युजिक भिडियोमा चर्चित मोडल बिमल अधिकारी र सारीका केशीको उत्कृष्ट अभिनय रहेको छ ।

चर्चित निर्देशक कपिल लामाको निर्देशन रहेको यस म्युजिक भिडियोको छायांकन सुरेश श्रेष्ठको रहेको छ भने भिडियोको सम्पादन सुजन शाहीले गरेका छन् । दृष्य निर्माण लगायत अडियो तथा भिडियोलाई स्वयम म्युजिक कम्पनी मेशना डिजिटल प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।

यो भिडीयो पनी हेर्नुहोस् ।