भारतमा थप ३२५ मेगावाट विद्युत् निर्यात गर्न नेपालले पायो अनुमति

Image Not Foundकाठमाडौं,चैत्र,२३-नेपालले भारतीय विद्युत् बजारमा थप ३२५ मेगावाट विद्युत् विक्रीको अनुमति पाएको छ ।

भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय विद्युत् बजारमा थप विद्युत् विक्री गर्न स्वीकृति दिएको हो ।

नेपालले यसअघि गत कात्तिकमा ३९ मेगावाट विद्युत् विक्रीका लागि नेपालले अनुमति पाएको थियो ।

योसंगै  नेपालले भारतीय विद्युत् बजारमा ३६४ मेगावाट विद्युत् विक्री गर्न अनुमति पाएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमाणको क्रममा उक्त सहमति भएको हो ।

भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएको सहमति बमोजिम जारी भएको इन्डिया-नेपाल जोइन्ट भिजन स्टेटमेन्ट अन पावर सेक्टर कोअपरेशन कार्यान्वयनको चरणमा प्रवेश गरेको ऊर्जा मन्त्रालयले बताएको छ ।

यसबाट वर्षायाममा उत्पादित विद्युत् मुलुकभित्र खपत गरी अतिरिक्त विद्युतको निर्यात भइ दुई देशबीचको व्यापार घाटामा कमि आउने र अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने सरकारको अपेक्षा छ ।