तुलसीपुर उपमहानगरपालिका १९को बैठक सम्पन्न

दाङ,कात्तिक,१३-
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९को बैठक सम्पन्न भएको छ । बैठकले वडा सदस्य जयबहादुर सुनारकी धर्मपत्नी घनी सुनारको ४० वर्षको उमेरमा कात्तिक ८ गते असामयिक निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

साथै बैठकले वडा सदस्य सुनारको आर्थिक अवस्था कमजोर भएको भन्दै वडा कार्यालयबाट समेत सहयोग गर्ने र उपचारका क्रममा समेत लाखौ खर्च भएकाले राहत स्वरुप सहयोगका लागि उपमहानगर समक्ष आग्रह गनेर्् निर्णय गरेको छ ।

वडाध्यक्ष रामबहादुर योगीको अध्यक्षतामा सम्पन्न भएको बैठकले सडक डिभिजन कार्यालयबाट घोराही आखाँ अस्पताल सडकखण्डको सक्राम खोला देखि ग्वारखोलासम्मको सडक सरसफाईका लागि स्थानीय, बेरोजगार, दलित, जनजातिलाई विशेष प्राथमिकता दिएर कर्मचारी छनौटका लागि सूचना समेत प्रकाशित गर्ने निर्णय गरेको छ ।

बैठकमा वडाध्यक्ष रामबहादुर योगीले यस अघि जिम्मेवारी दिइएका वडा भित्रका योजनाहरुको उपभोक्ता समिति गठन, योजना सम्झौताका लागि तत्काल उपभोक्ता समितिका अध्यक्षहरुसँग समन्वय गरेर कामलाई सहज बनाउन भूमिका निर्वाह गर्न वडा सदस्यहरुलाई निर्देशन समेत दिनुभएको थियो ।