विप्लवसँग सरकारको तीनबुँदे सहमति : शुक्रबार प्रम ओली र विप्लवले सम्बोधन गर्ने

काठमाडौं,फागुन,२०-नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ। बिहीवार तेस्रो चरणको वार्तापछि दुई पक्ष सहमतिमा पुगेको हो।

नेपाल सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव नेतृत्वको नेकपाबाट प्रकाण्डले हस्ताक्षर गरेको प्रेस नोटमा उक्त सहमति भएको उल्लेख छ।

विप्लवले शान्तिपूर्ण रुपमा राजनीतिक गतिविधि सञ्चालन गर्ने र सरकारका तर्फबाट विप्लव नेकपामाथि लागेको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाई र मुद्दा खारेजी लगायतका विषयमा सहमति भएका छन्।

सहमतिको विस्तृत विवरण भोलि दिउँसो २ बजे एक कार्यक्रम गरी सार्वजनिक गरिने भएको छ। उक्त कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्नेछ