रबि लामीछाने समक्ष फुकुओकामा रहेका नेपाली बासीले राखे सिधा प्रश्न ?

जापान स्थित नेपाली दुतावासको कडा आलोचना

फुकुओका,जापान,असोज,७-

नेपालका चर्चीत पत्रकार रबि लामीछाने जापानको फुकुओकामा आएका छन् । ‘सीधाकुरा जनतासँग कार्यक्रम ‘ का संचालक रबि लामीछाने सहित निर्माता दिपक बोहराको टोलीले आज आईतबार जापानको फुकुओकामा पुगेर यहाँ रहेका नेपालीहरु संग एक अन्तर्क्रिया कार्यक्रम गरेका छन् ।

उक्त अन्तर्क्रिया कार्यक्रममा पत्रकार रबि लामीछानेले आफ्ना ५ वटा सिधा कुरा बुदाँगत रुपमा राख्नु भएको थियो । उहाँले ५ वटा कुराहरु मध्य पहिलोमा आफ्नो कार्यक्रम सिधा कुरा जनता संगको बारेमा छलछल गर्नु भएको थियो ।

यस्तै दोस्रो बुँदामा बाढीपिडीतका लागी तराई क्षेत्रको सप्तरी जिल्लामा बस्ती गराईरहेको र उक्त ५२ वटा निर्माण गर्न लागीएको घरमा तपाईको भुमिका के कस्तो छ, भनी त्यस विषयमा कुराकानी गर्नु भएको थियो ।

(भिडियो हेर्नुहोस् )

रबि लामीछाने समक्ष फुकुओकामा रहेका नेपाली बासीले राखे सिधा प्रश्न : जापान स्थित नेपाली दुतावासको कडा आलोचना (बाँकि थप कुरा पुरा भिडीयो बाट हेर्नुहोस् )

Publiée par Bihani Online News sur Dimanche 23 septembre 2018

त्यस्तै तेस्रोमा आफ्नो टोलीले मोबाईल गेम बनाउन लागेको र  उक्त गेमको प्रयोग गरेर हाम्रो समाजलाई कसरी योगदान दिन सकिन्छ भन्ने बारे बताउनु भएको थियो ।

यसैगरी चौथो बुँदामा कर्णाली प्रदेशको कालीकोट जिल्लाको रासकोट भन्ने ठाँउमा रासकोट सामुदायक अस्पताल बनाउन लागेको र उक्त अस्पताल दक्षिण एशियाकै पहिलो नमुना डिजीटल स्मार्ट अस्पताल १५ बेडको हुने भएकोले उक्त अस्पताल निमार्णका लागी आर्थिक सहयोग गर्न चाहाने ईच्छुक व्यक्तीलाई सहयोग गर्न पनी आग्रह गर्नुभयो ।त्यसैगरी पाँचो बुँदामा ईजी लिकं सेवा सुविधाको बारेमा बताउनु भएको थियो ।

उहाँले जापानमा रहेका हरेक नेपालीको दुख सुख समस्या बुझ्न आफू आएको बताँदै सबै नेपालीहरुलाई निर्धक्क भएर आफ्नो समस्या सुनाउन आग्रह गर्नु भएको थियो । कार्यक्रममा सहभागीले जापान आउदा खेरी झेल्नु परेका आफ्ना समस्या जापान पठाउने नेपालका कन्सलटेन्सीले देखाएको अनुसारको प्रलोभन जापानमा किन भएन त्यस विषमा प्रश्न कर्ताले प्रश्न गरेका थिए ?

जापानका कुनै पनी ठाँउमा बसोबास गर्दै आईरहेका नेपालीलाई दु:ख पर्दा सम्बन्धीत कुन निकायमा गुहार्नु पर्ने हो ? एनआरएन र जापान स्थित नेपाली राजदुताबासको चर्को आलोचना गर्दै निर्मला हत्या काण्ड र सुन काण्डको रहस्य के हो ? लगायतका दर्जौनौ मातृभुमी प्रतीको चिन्ता व्यक्त गर्दै प्रश्न राखेका थिए ।

सबै प्रश्नको जवाफ दिदि पत्रकार रबि लामीछानेले समस्याको म्बिन्धीत निकायलाई दबाब दिएरै समस्या हल गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । उहाँले सबै जनताबाट पाएको माया लाई आफुले कहिल्यै डगमगाउन नदिने भन्दै नमरुन्जेल जनताको सेवामा समर्पित रहने बताउदै जापानमा जानीजानी दु: ख दिईदो रहेछ रवि लामीछानेले भन्नुभयो ।

यसैगरी नेपालबाट रोजगारीका लागि जापान ल्याउनो प्रलोभनमा देखाउदै करोडौँ ठगि गर्दै आएका गोविन्दा तिवारीको बारेमा जापानको उच्च स्तरको व्यक्तीसंग कुराकानी भईरहेको बारे पनी जानकारी दिनुभएको थियो । जुन तिवारीको विशेष रिपोर्ट सहित शनीबार जापानको नागोयाबाटै लाईभ प्रशारण कार्यक्रम सिधा कुरा जनतासंगमा भईसकेको थियो ।