‘कोरोनाभाइरस’ को संक्रमित नेपालमा पनी भेटीयो

काठमाडौं,माघ,१०-

चीनमा स्वास्थ्य संकट निम्त्याएको ‘कोरोनाभाइरस’ नेपालमा पनि भित्रिएको पुष्टि भएको छ ।

केही दिनअघि चीनको वुहानबाट नेपाल फर्किएकी एकजना नेपाली विद्यार्थीमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

शुक्रबार मन्त्रालयले पत्रकार सम्मेलन गरी वुहानबाट फर्किएकी एक विद्यार्थीको टेकुमा स्वास्थ्य परीक्षण गर्दा शंकास्पद देखिएको र उक्त ‘रिपोर्ट’लाई हङकङ पठाइएकोमा हङकङबाट कोरोनाभाइरस पुष्टि भएको जानकारी दिएको छ ।

उपचारपछि ती युवती कोरोनाभाइरसको लक्षणविहीन बने पनि उनलाई निगरानीमा राखिएको र उनको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गरी निगरानी गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाभाइरसले चीनमा महामारीको रुप लिँदै गएको छ । चीनबाट सो भाइरस अरु देशमा फैलिनेक्रममा छ ।