आज विश्व मुटु दिवस

काठमाडौं,असोज १३-

आज विश्व मुटु दिवस देशभर विभिन्न कार्यक्रम गरेर मनाईंदैछ । यसवर्षको विश्व मुटु दिवसको नारा ‘एक विश्व, एक घर, एक मुटु’ तय गरिएको छ ।विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले सन २००० देखि सेप्टेम्बरको अन्तिम आईतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालेपनि यसवर्षदेखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउन लागिएको हो ।

मुटु

नेपालमा हरेक वर्ष मुटुका रोगी बढ्दै गएपछि एक हप्तासम्म विभिन्न चेतना मुलक कार्यक्रम गरेर यो दिवस मनाउन लागिएको हो । यसैबीच नेपाल लगायत विकासोन्मुख देशहरुमा मुटुरोगीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

नेपालमा अहिले झण्डै २४ देखि २५ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग पाइएको छ । चिकित्सकहरुका अनुसार धुमपान तथा मध्यपान सेवन नगर्ने, चिल्लो, पिरो बोसो, मुटेका तारेका खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने र दैनिक शारिरीक व्यायम गर्ने हो भने मुटु रोगबाट बच्न सकिन्छ ।