काठमाण्डौं,असोज,१३-
आश्विन शुक्ल महानवमीका दिनमा आज नवरात्रीको नवौं दिन नेपालीले वडादशैँका रुपमा आज नव दुर्गा माताको नवौं शक्त्ती स्वरुपा माता सिद्विधात्रीको विशेष पूजाआराधना गरी भव्यरुपमा मनाउँदै छन्।
साथै वडादसैँको नवौं दिन आज धनधान्यकि देवि माता महालक्ष्मी देविको पूजा अर्चना गरि मनाईदैछ । आजको दिन शक्त्ती स्वरुपा माता सिद्विधात्रीको विशेष पूजाआराधना गर्नाले सम्पुर्ण संसारै जित्न सक्ने सिद्वता हासिल हुने र संसारमा केहि कुरा पनी अगम्य नहुने मान्यता रहेको छ ।
देविपुराणमा उल्लेख भएअनुसार यिनै देविको असीम कृपाका कारण शिवजी स्वयमले पनी सिद्व प्राप्त गरेका हुन् भन्ने उल्लेख छ । आजको दिनलाई निमार्ण र शिल्पकला अनी कलपूर्जाका देवता विश्वकर्माको दिनका रुपमा पनि लिईन्छ ।
आजको दिन सबै भन्दा धेरै बली चढाईने दिन पनी हो ।शक्त्ती स्वरुपा देविहरुले असुरहरुलाई खोजी खोजी संहार गरेपछि बाँचेका असुरहरु जनावरका रुपमा भेष बदलेर लुकेको तसर्थ जनावरको रुपमा भेष बदलेर लुकेको तसर्थ जनावरका भेषका असुरहरुलाई बली चढाईने किंवदन्तीमा उल्लेख छ ।

आज उपत्यका भित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रबाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायत मन्दिरमा पनि बलिसहित पूजाआजा गर्नेको बिहानैदेखि भीड लाग्ने गर्दछ।
यसैगरी उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेल्धुराको उग्रतारा, काभ्रेपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालिञ्चोक भगवती लगायत नेपाल भरिका शक्तिपीठ र मन्दिरमाहरुमा बोका,हाँस कुखुरा र राँगाको बलिसहित पूजाआराधना गर्ने परम्परा रहेको छ ।
आजको दिन कलपूर्जा, हातहतियार र सवारी साधनहरुको विशेष पूजा सहित जङ्गी निशान पूजा र कोत पूजा पनि विशेष सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजाआजा गर्ने गरिन्छ। यी साधनलाई देवीको शस्त्र अस्त्रका रुपमा मानीन्छ ।
कतीपय शक्त्ती पिठहरुमा दुईदेखि दश वर्ष सम्मका कन्याहरुले पुजा गर्ने चलन पनि छ । यस्तो कन्या पूजाको बारेमा देवीभागवत्मा लेखिएको छ । आजको दिन काठमाण्डौंको तलेजु भवानीको मन्दिर वर्षभरिमा केवल एकदिनमात्र सर्वसाधारणका लागी खुला गरिन्छ ।