एनपिएलमा आज २ खेल हुदैँ, जनकपुर र बिराटनगर बिच हुने

दोस्रो खेलमा सुदुरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्ने

टोकियो,मंसिर,८-नेपालमा जारी दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आज सोमबार २ खेल हुदैँ छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जनकपुर बोल्ट्स र बिराटनगर किंग्स बिच हुनेछ।साविक विजेता जनकपुर बोल्ट्स आफ्नो पहिलो खेलमा काठमाण्डु गुर्खाज संग पराजित भएको थियो।

यता लयमा देखिएको बिराटनगर किंग्स भने लगातार तेस्रो जितको खोजीमा रहनेछ।यी दुई टोलीको खेल नेपाली समय अनुसार बिहान ११ बजेर ४५ मिनेट जादा सुरु हुनेछ।

यसैविच :अर्को खेल भने बेलुकि ४ बजे सुदुरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्ने छन्।यो खेल फ्लडलाईटमा हुनेछ।साविक उपविजेता सुदुरपश्चिम रोयल्सले यस अघी दुई खेल लगातार जितीसकेको छ।आज पनि आफ्नो लगातार जितकै खोजीमा हुनेछ।

पहिलो खेलमा पराजित हुदैँ दोस्रो खेलमा पुनरागमन गरेको कर्णाली याक्स पनि आज जितकै खोजिमा देखिएको छ। 

प्रतियोगितामा आठ फ्रेञ्चाइज टोलीले भाग लिएका छन्। नेपालमा भने ईतिहासमै पहिलो पटक खेलहरु फ्लडलाइटमा भईरहेका छन्।

स्मरण रहोस् : उद्‌घाटन खेलमा काठमाडौं गुर्खाजले साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको थियो।