
टोकियो,मंसिर,५-जारी दोस्रो सिद्धार्थ बैंक नेपाल प्रिमीयर लिगमा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित निकालेको छ।
शुक्रबार टियू क्रिकेट मैदानमा भएको पाँचौं दिनको खेलमा पोखरालाई १८ रनले पराजित गरेको हो।
सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ९ विकेट गुमाएर १७५ रन मात्र बनायो। सुदूरपश्चिमले लगातार २ खेल जित्दा पोखराले भने लगातार दोस्रो हार व्यहोरेको छ।
पोखराका लागि कप्तान कुशल भुर्तेलले अर्धशतक बनाउँदा पनि हार टार्न सकेन।जिमी नीशमले ४५ रन तथा डान डौथवेटले अन्त्यतिर विस्फोटक ३७ रन बनाएपनि पर्याप्त हुन सकेन।
पोखराले पावरप्लेमा रनगति बढाउन नसक्दा पराजित हुन पुग्यो।२०-३ को अवस्थाबाट भुर्तेल र नीशमले ७० रनको साझेदारी गरेका थिए।सुदूरका लागि हर्मीत सिंहले २ विकेट लिँदा स्कट कुग्लेइन, दीपेन्द्र सिंह ऐरी, इशान पाण्डे, हेमन्त धामी नरेन साउद र अविनाश बोहराले १-१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरले २० ओभरमा ७ विकेट गुमाएर १९३ रन बनाउँदै पोखरालाई १९४ रनको लक्ष्य दिएको हो।
एक समय १५ ओभरमा १६०-२ को अवस्थामा भएर २०० भन्दा माथि रन बनाउने संकेत गरेको सुदूरको फिनिसिङ राम्रो हुन सकेन।अन्तिम ५ ओरनमा ३३ रन जोड्दा ५ विकेट गुमाएको थियो।
सुदूरपश्चिमका लागि जोश ब्राउनले सर्वाधिक ६८ रन बनाए । ३५ बल खेलेका उनले ६ चौका र ५ छक्का प्रहार गरे।विनोद भण्डारीले ४२ बलमा ४३ रन बनाए ।
पोखराका जिमी नीशमले ३ विकेट लिँदा डान डौथवेट र आकाश चन्दले २-२ विकेट लिएका थिए।
आजको यो दोस्रो जित संगै सुदुरपश्चिम रोयल्स अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ।





