होप इन्टरनेशनल स्कुल र “स्कुल व्वाईज” युटुब च्यानल टिमले गरे सरसफाई कार्यक्रम

नेपालगन्ज,जेष्ठ ,२२-


होप इन्टरनेशनल एकेडेमीको आयोजनामा बुधबार नेपालगन्जमा सरसफाई तथा प्रभात फेरि गरिएको छ।

४५ औ अन्तरास्ट्रिय वातावरण दिवसको अवसरमा होप इन्टरनेशनल एकेडेमीमा अध्यनरत कक्षा ५ देखि १० कक्षा सम्मका विद्यार्थीहरुको सहभागीतामा उक्त सरसफाई कार्यक्रम गरिएको हो।

नेपालगन्जका सेतु बिक चोक, धम्बोझी चोक, कारकाँदो चोक लगायत होप इन्टरनेशनल वरिपरिको स्थानहरुमा विद्यार्थीहरुले सरसफाई गरेका थिए।

होपकी पृन्सिपल केशवा गौतमको नेतृत्वमा सप्पन्न उक्त सरसफाई कार्यक्रममा शिक्षक टिकाराम थापा, शिक्षिका सुधा माझी, होपका विद्यार्थी तथा स्कुल व्वाईज युटुव च्यानलका सन्चालक कमल धमला, महेन्द्र धमला, सुशील रेग्मी लगायतको पनि सहभागीता रहेको स्कुल व्वाईजका सन्चालक कमल धमलाले जानकारी दिए।

विद्यार्थीलाई वातावरण संरक्षण तथा सफा सुग्घर राख्नुपर्छ भन्ने मुख्य शिक्षा दिने उद्देश्यले नेपालगन्जका विभिन्न चोकहरुमा सरसफाई गरिएको विद्यालयकि पृन्सिपल केशवा गौतमले जानकारी दिइन।

त्यस्तै सामाजिक सन्जाल युटुवमा स्कुल व्वाईज नामले चर्चित युटुब च्यानलका सन्चालक कमल धमलाले पनि युटुबको माध्यमबाट वातावरण संरक्षण अनि सरसफाइओ सम्बन्धी संदेश फैलाउनको निमित्त आफ्नो टिम लागि परेको बताए।