लायन्स क्लब अफ नेपालगन्जले गर्यो निशुल्क स्वास्थ शिविर तथा आर्थिक सहयोग

नेपालगन्ज, जेष्ठ ,२२-


सामाजिक क्षेत्रमा काम गर्ने संस्था लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टले बुधबार नेपालगन्जमा रहेको नील सागर असहाय, अशक्त तथा जेष्ठ नागरिक पुनःस्थापना केन्द्रमा रहेका वृद्ध वृद्धा, असहाय , अशक्तहरुको निशुल्क स्वास्थ्य परिक्षण गर्नुका साथै अार्थिक रकम पनि सहयोग गरेको छ ।

बिहान ८ बजे उक्त केन्द्रमा लायन्स क्लबका कार्यसमितिका पदाधिकारी तथा प्राविधिक कर्मचारीहरुको उपस्थितिमा कार्यक्रम गरिएको थियोे । क्लबका अध्यक्ष ध्रुबराज शर्माको अध्यक्षता, क्लबका प्रथम उपाध्यक्ष के-पी- घिमिरे , सचिब दिपक कुमार गुप्ता, कोषाध्यक्ष सुमन गिरी, सदस्यहरु पुर्ण देव गिरी, हिरा खरेल, अजय कुमार श्रेष्ठ लगायतका को सहभागी रहेको थियो ।

बृद्धाअाश्राममा रहेका अामा बुबा , दाजुभाइ , दिदीबहिनीहरुको डाइवेटिज सुगरको जाँच , ब्लड प्रेसर चेकजाँच गरिएको उक्त नीलसागर केन्द्र कि अध्यक्ष सरिता शर्मा खनालले बताउनुभयो ।

क्लबले उक्त नीलसागर असहाय , अशक्त तथा जेष्ठ नागरिक केन्द्रमा नगद रु १५०००/- पन्ध्र हजार अार्थिक सहयोग गरेको थियो । उक्त केन्द्र कि अध्यक्ष सरिता शर्माले एउटा विशुद्ध सामाजिक क्षेत्रमा काम गर्ने संस्थाले अर्को सामाजिक काम गर्ने संस्थालाई यति ठूलो रकम सहयोग गरेको पहिलो पटक भएको बताउदै सहयोग गर्ने क्लबलाई हार्दिक धन्यवाद दिनुभयो ।

उक्त रकम क्लब कि २०१८/२०१९ कि कोषाध्यक्ष तथा स्वास्थ शिविर कि संयोजक सुमन गिरीले अाफनो जन्मदिनको दिन पारेर केही रकम र अरु क्लबका सदस्यहरुले उठाएर अार्थिक रकम हस्तान्तरण गरेको क्लबका अध्यक्ष ध्रुबराज शर्माले बताउनुभयो ।
उक्त स्वास्थ्य चेकजाँच गर्न नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा कार्यरत कर्मचारीहरु एङ्गिरा रेग्मी , मधु खड्का, सुमन गिरी लगायतले सहयोग गरेका थिए ।

क्लबले अार्थिक सहयोग गरेको भनेर नीलसागर असहाय ,अशक्त तथा जेष्ठ नागरिक केन्द्रले क्लबलाई प्रमाणपत्र दिएको थियोे ।